सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न बोर्डको आग्रह
nepalnews.com · Thu Jun 18 15:14:17 GMT 2026

काठमाडौँ। सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारबाही गरिने विज्ञापन बोर्डले जनाएको छ।
विज्ञापन बोर्डले आज (बिहीबार) सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
सरोज गुरागाईं