कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
ratopati.com · Thu Jun 18 15:25:30 GMT 2026

काठमाडौँ । परीक्षण र सफल ठहरिएका कृषि र पानीसम्बन्धी नवप्रवर्तनको पहुँच र लाभलाई साना किसानसम्म पुर्याउने उद्देश्यले क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । ‘सिजिआइएआर स्केलिङ हब साउथ एसिया’ले आयोजना गरेको त्रिदिवसीय कार्यक्रम बिहीबार सम्पन्न भएको हो।
कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल राष्ट्र बैंक, नेपालस्थित युएई दूतावास, इसिमोडलगायत अन्य विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)