देश टुक्रिएसँगै युद्धको आगोमा पिल्सिएको युगोस्लाभ फुटबल टोलीको स्वर्णिम कथा [भिडियो]
shilapatra.com · Thu Jun 18 15:24:54 GMT 2026
भीआईपी सिट छाडेर देशको फुटबल जर्सीमा दर्शकसँगै हुटिङमा उत्रिएपछि रसिया विश्वकप–२०१८ मा भाइरल बनिन्, क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिच । फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएर उपविजेता बन्यो । जर्सीमै आफ्ना खेलाडीसँग गला मिलाइरहेको उनको तस्बिर र भिडियोले संसारको ध्यान खिच्यो ।
यो विश्वकपमा राष्ट्रपतिको अंगालोभन्दा क्रोएसियाका समर्थकलाई भावुक बनाउने कथा थियो, स्टार खेलाडी लुका मोड्रिचको, जसले बाल्यकालमै क्रोएसियाली स्वतन्त्रताको युद्धका कारण शरणार्थी जीवन बिताए, हजुरबुवाको दर्दनाक हत्या गरियो र घर जलाएपछि परिवार शरणार्थी बन्न बाध्य भएको थियो । बम र गोलीको आवाजका बीच शरणार्थी शिविर बनेका होटलका पार्किङमा नै फुटबल सिके ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)