मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीको सक्रियता

abhiyandaily.com

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला दिनहरूमा सक्रियता बढाउँदै लगेका छन् । अघिल्ला आर्थिक वर्षहरूमा सरकारले ल्याएको बजेट बढी आलोचित हुने गरे पनि आफू अर्थमन्त्री भएपछि ‘लोकरिज्याइँ’सहित राहत तथा पुनरुत्थानका कार्यक्रम राखेर धेरैको विश्वास जित्न सफल भएका पौडेलले कार्यान्वयन पक्ष फितलो हुन नदिन सक्रियता बढाउँदै लागेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री पौडेल बजेट कार्यान्वयनमा कुनै कमजोरी हुन नदिन सक्रिय रूपमा लागिपरेका छन् । यसै क्रममा बजेटमा उल्लिखित निजीक्षेत्रसँग सम्बन्धित कार्यक्रमको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजीक्षेत्रसँग छलफल गरेको छ । अघिल्ला वर्षहरूमा बजेट आएपछि त्यसको कार्यान्वयनबारे निजीक्षेत्रसँग यस्ता छलफल बिरलै हुने गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)