लाल मोहम्मद हत्या प्रकरण : सूचना संकलन गर्न दोस्रो व्यक्तिको नाममा झिकिएको ‘सिमकार्ड’ प्रयोग
nayapatrikadaily.com · Mon Jan 09 00:40:00 GMT 2023
३ असोजमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटारमा मारिएका सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको हत्या गर्न अभियुक्तले दोस्रो व्यक्तिको नाममा जारी ‘सिमकार्ड’ प्रयोग गरेको तथ्य फेला परेको छ । प्रहरीले ५७ दिनको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार मोहम्मद हत्याका सबै अभियुक्तले अन्य व्यक्तिको नामको सिमकार्ड लिएको खुलेको हो ।
मुख्य मतियार भारतीय नागरिक नितिन खान भनिने नितिन मदानले समीक्षा गुरुङको नाममा जारी ‘सिमकार्ड’ प्रयोग गरेको खुलेको छ । अर्की भारतीय नागरिक ममता भनिने मेरिना तिवारीले पर्वतको पैँयु हटियाकी पुनम काफ्लेको नाममा जारी ‘सिमकार्ड’ प्रयोग गरेको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)