सिमलताल दुर्घटना : भारतीय टोली आउँदा पनि खोजीमा देखिएन प्रगति
baahrakhari.com · Thu Jul 25 17:31:52 UTC 2024

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन ।
आज घटना भएको १४ दिन बितिसक्दा पनि नेपाल र भारतको संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ । तर, अहिलेसम्म बेपत्ता गाडी र बाँकी यात्रुबारे कुनै पनि नयाँ संकेत नमिलेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)