शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए
barnanmedia.com · Thu Oct 17 22:13:09 UTC 2024

काठमाडौँ, २ कात्तिक : बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिएका छन् । गुल्मीका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच हुँदै आएको छ । रोजगारीका सिलसिलामा देशका विभिन्न स्थान एवं विदेशमा रहेकाहरू दसैँ मान्न घर आएका हुन्छन् । जसले गर्दा पनि गुल्मीका शक्तिपीठमा भीड बढेको थियो ।
धुर्कोट गाउँपालिका–४ जैसीथोकको सम्भीर कुँवरका अनुसार पछिल्लो समय सराँय व्यवस्थित हुँदै गएको छ । जैसीथोकको बाहुनगाउँमा त्रयोदशीका दिनमा सराँय हुने गर्दछ । दुई वर्ष कोरोना एवं एक वर्ष र त्यसपछिका तीन वर्ष खासै राम्रो सराँय बाहुनगाउँमा भएको थिएन । तर यसपालि भने गत वर्षभन्दा निकै राम्रो भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)