बाजुराकी नर्स मल्ललाई हार्टअट्याक
barnanmedia.com · Thu Oct 17 22:34:21 UTC 2024

बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत प्रेमकला मल्लको ५२ वर्षको उमेरमा निधन भएको छ। ३० वर्षदेखि दुर्गम गाउँका नागरिकको स्वास्थ्य सेवामा दिदै आएकी मल्लको बुधबार निधन भएको हो।
मल्लको हृदयघातका कारण निधन भएको बताइएको छ। उनी बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी थिइन्। त्यसपछि हिमाली गाउँपालिकाको समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुगाउनै लाग्दा उनको मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)