नेपाली कांग्रेसको नीति र गगनको सन्देश
nagariknews.nagariknetwork.com · Fri Jul 10 01:14:26 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले तोकेको समयमा महाधिवेशन सम्पन्न गर्न अब तीन महिना मात्र बाँकी छ। यस अवधिमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत कार्यसमितिका सदस्यहरूले निर्वाह गर्नुपर्ने महत्त्वपूर्ण काम निकै देखिन्छन्। नमिलेका विषयवस्तुदेखि देउवा समूहका नेताकार्यकर्तासँग पार्टी एकताका लागि हालसम्म उहाँहरूले गरेका प्रयासहरू स्तुत्य छन्। परिणाममुखी भने देखिएको छैन। लोकतान्त्रिक पार्टीभित्र मत–मतान्तर हुनु स्वाभाविकै हो तर पार्टीभित्रको विग्रह, चरम असन्तुष्टि र प्रत्येक व्यक्तिमा देखिएको अहम्पनले पार्टीलाई कतै जनताको डिलबाट त खसाल्दै छैन् ? यसबारे सचेत नागरिक र वास्तविक लोकतन्त्रवादीको मनमा चिसो परिरहेछ।
सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लोकतन्त्रका पक्षमा खरो रूपमा उभिएर नेपाली कांग्रेसका पुराना र उहाँहरूका समवयीभन्दा निकै माथि देखिन्छन्। संगठन विस्तार, लोकतान्त्रिक विचार, विपक्षी दलहरूसँगको सम्बन्ध र उदारभावना यी द्वय नेतामा करिब निष्कलंक देखिएकाले युवापंक्तिहरू खुला रूपमा प्रशंसा गर्छन्। त्यो प्रशंसा दुवैले कमाएको पुँजी हो। यो पुँजी नेताद्वयले ढिलो गरी कमाए। दश वर्ष पहिले दुवै नेता एउटै कित्तामा उभिनुपर्थ्याे, पार्टीभित्रका विसंगति बढार्न एक मनले लोकतान्त्रिक कुचो हातमा लिइसक्नुपर्थ्याे। सायद ढिलो भयो। परिणाम पार्टीभित्र विकृति र विसंगतिको ढंगुर थुप्रिएर आकासियो। जसको बाछिटा दूरदराजका कांग्रेसी र गैरकांग्रेसी जमातमा पनि देखाप¥यो। कताकता पार्टीभित्र निरंकुशता, हैकमवाद र ठालुपनले बास पायो। त्यो दुर्गन्धको सिकार सबैभन्दा बढी मध्यम र निम्नवर्गीय कांग्रेसी कार्यकर्तामा पर्न गयो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)