देउसी भैलोबाट मतदाता रिझाउँदै उम्मेदवार, रीताको घरमा देउसी खेल्न दैनिक सयौँ सहभागी
makalukhabar.com · Thu Oct 27 15:56:46 GMT 2022
विराटनगर । उम्मेदवारहरु चाडबाड समेत नभनी मतदातासँग रमाई रहेका छन् । तिहारमा मतदाता भेट्न गाउँघर जाने वातावरण नबनेपनि देउसी भैलोमा रमाउने उम्मेदवारहरु धेरै छन् ।
त्यही मध्ये की एक हुन् मोरङ क्षेत्र नम्बर ६ (१) की उम्मेदवार रीता न्यौपाने । उनी पछिल्लो केही दिनदेखी देउसी भैलो खेल्नेहरुसँग नाच्ने गाउने र रमाउँदै मतदाता सँगै हुीनछन् । विहिबार भाईटीकाको दिन साँझ पशुपति सहकारीबाट गएको देउसीभैलोको टोलीसँग उनी रमाउँदै थिईन् । बुढिगंगा गाउँपालिका वडा नम्बर ३, ४ र ५ का करिब ३ सयको हाराहारीमा गएका देउसी भैलेसँग रमाउँदै उनले आफ्ना भावनात्मक कुरा गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)