दुर्घटनामा परेको विमानका पाइलटले भने– १०० फिट माथि पुगेपछि कन्ट्रोल नै गर्न सकिनँ
farakdhar.com · Thu Jul 25 17:35:26 UTC 2024

गत बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका चालक मनीषरत्न शाक्यले विमान दुर्घटनामा पर्नुको कारणबारे सामान्य जानकारी दिएका छन् । काठमाडौं मेडिकल कलेजमा उपचाररत शाक्यले धावनमार्गबाट केही माथि उडेपछि आफूले जहाज नियन्त्रण गर्न नसक्दा विमान दुर्घटनामा परेको बताएका छन् ।
उक्त अस्पतालकी निर्देशक प्रा.डा. मीना थापासँग सामान्य कुराकानी गर्दै उनले करिब १०० फिट जति माथि पुगेपछि आफूले कन्ट्रोल नै गर्न नसकेको बताएका हुन् । त्यसपछि केहीले थिचिएको जस्तो भएको र बाँकी के भयो भन्नेबारे धेरै याद नरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)