सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउनु : बोर्ड
nepalviews.com · Thu Jun 18 15:56:35 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारबाही गरिने विज्ञापन बोर्डले जनाएको छ । विज्ञापन बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो ।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जालमार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचारप्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्डसमेत उल्लङ्घन भएको विषयमा उजुरीसमेत परेका जानकारी दिए । यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै झुट्टा दाबीका आधारमा आर्थिक ठगीसमेत हुने जोखिम बढाएको बोर्डको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
सरोज गुरागाईं
काठमाडौँ