बागमतीका पूर्वमुख्यमन्त्री जम्कट्टेल आत्मसमर्पणकारी भएको महेश्वर दाहालको गम्भीर आरोप
ajakoartha.com · Thu Jun 18 16:12:00 GMT 2026

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीमा नेतृत्व र पार्टी संकटमा परेको भन्दै त्यसको रक्षा गर्नुपर्ने तर्क प्रस्तुत गरेका अखिल नेपाल ट्रेड युनियन महासंघका पूर्व अध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई स्वतन्त्र वाम नेता तथा लेखक महेश्वर दाहालले कडा जवाफ दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै दाहालले विगतको एक घटनाको स्मरण गराउँदै जम्कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले जम्कट्टेल जेलमा रहेका बेला नेपाल टेलिभिजनमार्फत आत्मसमर्पण गरेको आरोप लगाउँदै रवीन्द्र श्रेष्ठले जेलमा कारबाही गरेको प्रसंग उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
बागमती प्रदेश
शालिकराम जम्कट्टेल