इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
ratopati.com · Fri Dec 20 17:38:00 GMT 2024

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घ (इयु)लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिएका छन् ।
“मैले इयुलाई उनीहरूले हाम्रो तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर संयुक्त राज्य अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु”, ट्रम्पले शुक्रबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा भनेका छन्, “अन्यथा पूरै भन्सार महसुल लगाइनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)