सप्तरीबाट ६ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पक्राउ
onlinekhabar.com · Fri Jul 10 02:41:37 GMT 2026

२५ असार, सप्तरी । डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार फैसला कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत, राजविराजबाट डाँका मुद्दामा ६ वर्ष कैद र ७२ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी नारायण साह तेली भन्ने भूप नारायण साह लाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)