दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
ratopati.com · Thu Jun 18 17:13:59 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिक विरुद्धको आजको खेलमा पहेँलो कार्ड पाएपछि दक्षिण अफ्रिकी खेलाडी म्बाथा अर्को खेलका लागि निलम्बित भएका छन्। यो निलम्बनसँगै उनले आगामी बिहीबार दक्षिण कोरियाविरुद्ध हुने महत्त्वपूर्ण खेल गुमाउने निश्चित भएको छ ।
यसअघि मेक्सिको विरुद्धको पहिलो खेलमा पनि पहेँलो कार्ड पाएका उनले आज लगातार दोस्रो खेलमा कार्ड पाएका हुन्। फिफाको नियम अनुसार समूह चरणका दुई वटा फरक खेलमा दुई पहेँलो कार्ड पाउने खेलाडी अर्को एक खेलका लागि स्वतः निलम्बित हुने प्रावधान रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)