चालू खर्चको चिन्ता
abhiyandaily.com
सरकारले हरेक वर्ष सरकारी खर्च घटाउने घोषणा गर्दै आए पनि १० वर्षको अवधिमा चालू खर्च चौबर बढेको छ । चालू खर्चको दाँजोमा विकास बजेटको वृद्धि कम देखिन्छ, त्यसमा पनि वास्तविक खर्च झनै कम हुने गरेको छ । चालू खर्च भने झन्डै शतप्रतिशत हुन्छ भन्दा पनि हुन्छ । यसरी चालू खर्च बढे पनि सरकारी सेवा प्रवाहको गुणस्तरमा सुधार आएको भने पाइँदैन । यही गतिमा चालू खर्च बढ्दै गए सरकारको आम्दानीले नधान्ने स्पष्ट भइसकेको सन्दर्भमा यसलाई कम गर्न सरकारले साहसिक कदम चाल्नुपर्ने देखिन्छ ।
मन्त्रालयको संख्या घटाउनेबित्तिकै सवारीसाधन लगायतमा हुने खर्च जोगिन्छ, साथै धेरै कर्मचारी पनि आवश्यक पर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)