नौमती बजाउन सिक्दै रोङका महिला
ratopati.com · Fri Dec 20 20:30:00 GMT 2024

इलाम । रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । यही पुस ४ गतेदेखि १५ महिलाले तालिम लिइरहेका छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए ।
‘महिलाको क्षमता विकास गर्न, उनीहरुलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ”, अध्यक्ष स्याङ्बोले भने, ‘बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने पुरातन सोच अब राख्नु हुन्न । लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)