मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्रिसमस बजारमा अचानक घुस्यो कार, एक जनाको मृत्यु, कयौं घाइते

ratopati.com · Fri Dec 20 20:50:00 GMT 2024

काठमाडौं । जर्मनीको शहर म्यागडेबर्गमा लागेको क्रिमस बजारमा मानिसहरुको भीडलाई कारले अन्धाधुन्ध ठक्कर दिएको छ । मानिसहरुको भीडमा अचानक छिरेको कारको ठक्करले एक जनाको मृत्यु भएको छ भने कयौँ व्यक्तिहरु घाइते भएका छन् ।

एक स्थानीय अधिकारीका अनुसार घटनाको प्रकृति हेर्दा यो जानाजान गरिएको हमला हो, र एक संदिग्धलाई पक्राउ गरिएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक एक अप्रत्यासित भिडियो फुटेजमा कयौँ मान्छेहरु जमिनमा लडिरहेको अवस्थामा उपचार लिइरहेका देखिन्छन् । जहाँ आपतकालीन उपचार गरिएको दृष्य कैद भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)