मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

उच्च शिक्षा : विकर्षण, कारण र परिणाम

rajdhanidaily.com · Thu May 18 23:15:28 GMT 2023

शिक्षा आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिलगायत समग्र विकासको मेरुदण्ड भएकाले यसको विकासमा जोड दिनुपर्छ । सन् २०१९ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले शिक्षा सबैभन्दा ज्यादा प्रभावित बन्न पुग्यो । यसले केही मात्रामा प्रविधिमा अव्यस्त त बनायो तर किताब पढ्ने बानी हटाइदियो । हिजो मोबाइल नचलाऊ भन्दै खोसेर राख्ने आमअभिभावकले ल नानी र ल बाबु यही प्रयोग गरी पढ भन्ने अवस्था कोभिडले ल्यायो । यस वास्तविकताले आजको उच्च शिक्षामा ज्यादा असर पारेको देखिन्छ । समस्या देशको शिक्षा नीतिमा रहेको हो तर त्यसमा हाम्रा सरोकारवाला गम्भीर भएको देखिएन । हरेक उपकरण उपयोगका सकारात्मक र नकारात्मक पक्ष रहेका हुन्छन् ।

हाम्रा विद्यार्थीवर्गमा सकारात्मकभन्दा ज्यादा नकारात्मक पक्षको उपयोगमा जोड दिँदा आजको यो अवस्था आएको हो । आज हरेक कलेजको समस्या भनेकै विद्यार्थी संख्या कम रहनु हो । बल्लबल्ल कलेजमा आएका विद्यार्थी पनि स्नातक तहमा टिकाउन सकिएको छैन र सकिँदैन पनि । ’cause बर्सेनि १२ कक्षा उत्तीर्ण गरेका जम्मा विद्यार्थीमध्ये ५० प्रतिशतको रोजाइ विदेश भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । यसको मूल कारण भनेको रोजगारीको अभाव नै हो । अर्को कारण नेपालमा सुन्दर भविष्य नदेखेर पनि त्यो संख्या बिदेसिन बाध्य भएको देखिन्छ । कक्षा एकमा भर्ना भएका विद्यार्थी संख्याबाट गणना गर्दा स्नातक तहको भर्नादर लगभग १५ प्रतिशत रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)