मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ दशकपछि गौशाला-रजखोरका ३४ परिवारले पाए लालपुर्जा

gorkhapatraonline.com · Fri Jun 05 16:51:17 GMT 2026

महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरका ३४ परिवारले करिब ६ दशकको प्रतीक्षापछि जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेका छन्।

नापी कार्यालय महोत्तरी, जलेश्वरको २ नम्बर नापी टोलीले गाउँ ब्लक क्षेत्रको नापजाँच तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शुक्रबार आयोजित कार्यक्रममा ती परिवारलाई लालपुर्जा वितरण गरिएको हो। वर्षौँदेखि जग्गाको स्वामित्वको आधिकारिक प्रमाणबाट वञ्चित स्थानीयवासीले लालपुर्जा प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)