काठमाडौँ महानगरले चालु आर्थिक वर्षको पाँच महिनामा ४३ वटा पूर्वाधार योजना सम्पन्न
barnanmedia.com · Fri Dec 20 23:00:35 GMT 2024

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ । पाँच महिनामा ३७.३० किलोमिटर सडक कालोपत्र भएको छ ।
नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत आठ दशमलव ४० किमी, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १० दशमलव २० किमी, धुलोरहित सडक कार्यक्रमअन्तर्गत नौ दशमलव ४० किमी र क्रमागतकार्यक्रमअन्तर्गत नौ दशमलव ३० किमी सडक निर्माण भएको हो ।कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराएका हुन् । सडक कालोपत्रसँगै पाँच दशमलव ८० किमी सडक ढलान गरिएको उनले बताए । एक दशमलव १६ किमी ढल राख्ने, छ दशमलव ४७ किमी सडकमा ब्लक छाप्ने र दुई हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको शाक्यले जानकारी दिए । यस अवधिमा करिब रु ८८ करोडको काम सम्पन्न भएको भन्दै रु ५० करोड भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)