मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुष्पलाललाई छोयला, मोतीदेवीलाई मासुभात

rajdhanidaily.com · Fri Dec 20 23:20:38 GMT 2024

२ पुसको अंकमा पीएल सिंहको चर्चा गर्दा गणेशमान सिंहको व्यक्तित्व विकास र परिवारको संरक्षणमा पीएलको योगदानमा केन्द्रित रहेर उहाँको राजनीतिक पक्ष समेट्ने कोसिस गरिएको थियो । आज पीएल सिंहको संवेदना एवं व्यक्तिगत व्यवहारसंग सम्बन्धित केही रोचक पक्षहरू पस्किने कोसिस गर्दै छु ।

म पीएल सिंह शारीरिक रूपमा पूर्ण स्वस्थ र सक्रिय रहेको समयको कुरा गर्दै छु । पीएललाई भेट्नु परेमा केही निश्चित स्थानहरू हुन्थ्यो– चाक्सिबारी निवास वा त्यस्तै निश्चित कार्यालय । मोबाइल फोन नभएको त्यस समयमा केही कारणले उनलाई कतै भेटिएन भने उनलाई राम्ररी चिन्नेहरू भन्ने गर्थे, ‘काठमाडौंका ठूला अस्पताल वा श्मशान घाटतिर गएर खोजियो भने उनी पक्कै भेटिनेछन् ।’ हुन पनि उनी कुनै न कुनै बिरामीलाई भेट्न वीर अस्पताल वा कुनै अस्पताल नपुगेको दिनै हुँदैनथ्यो । त्यस्तै प्रत्येक दिन जस्तो उनी प्रायः आर्यघाट अथवा काठमाडौंका अन्य विष्णुमती किनारका श्मशान भूमिमा पुग्थे मलामीका रूपमा । मैले पीएल सिंहलाई धेरैपटक जिस्किने शैलीमा भनेको छु, ‘तपाईं वीर अस्पताल र आर्यघाटतिर एउटा स्थाई कार्यालय खोल्नुस् ।’ यसरी उनी पुग्ने थलोमा कुनै जातपात वा राजनीतिक आस्था वा विचारका आधारमा पटक्कै कुनै भेद हुन्नथ्यो । यो त उनको व्यक्तित्वमा स्वतः घोल्लिएको संवेदनाको प्रस्फुटन मात्र थियो । नेपालका अस्पतालमा मात्र होइन नयाँ दिल्लीको एम्स अस्पतालमा समेत वरिष्ठ कनिष्ठ सबै चिकित्सकसँग उनको गहिरो हिमचिम थियो । मानिसहरू उनलाई डा. पीएलसमेत भन्ने गर्थे !

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)