मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट कार्यान्वयनमा कर्णाली सरकार सुस्त, समग्र खर्च ३६.२६ प्रतिशत मात्रै

baahrakhari.com · Thu Jun 18 17:39:58 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म समग्र बजेट खर्च ३६.२६ प्रतिशतमा सीमित भएको छ । प्रदेश सरकारका मन्त्रालय तथा निकायहरूको विवरणअनुसार ३२ अर्ब ११ करोड ६६ लाख रुपैयाँको कुल बजेटमध्ये १२ अर्ब ३ करोड ५६ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

खर्च प्रतिशतका आधारमा सबैभन्दा बढी बजेट कार्यान्वयन मुख्य न्यायाधिवक्ताको कार्यालयले गरेको देखिएको छ । उक्त कार्यालयले १ करोड ७७ लाख रुपैयाँ बजेटमध्ये १ करोड ३७ लाख रुपैयाँ खर्च गर्दै ७७.६२ प्रतिशत प्रगति हासिल गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)