ओलीले थाले पदाधिकारीसँग छलफल
ekantipur.com · Sat Nov 20 16:54:59 GMT 2021
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनोटको विषयमा पदाधिकारीहरुसँग अनौपचारिक रुपमा छलफल सुरु गरेका छन् । महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष दोहोर्याउन चाहेका ओलीले १० बुँदे सहमति पक्षमा नेताहरुसँग भेट गर्दै एकल र सामूहिक रुपमा अनौपचारिक छलफल गरेका छन् ।
बिहीबार उनले उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा स्थायी कमिटीको सदस्य सुरेन्द्र पाण्डेसँग निवास बालकोटमा छलफल गरेका थिए । त्यसअघि ओलीले उपाध्यक्ष भीम रावल, सचिव भीम आचार्य, स्थायी कमिटीका सदस्य रघुजी पन्तसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)