सभामुख अर्याल र दक्षिण कोरियाली राजदूत पार्कबिच भेटवार्ता
barnanmedia.com · Mon May 25 22:17:40 GMT 2026

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय सहकार्यका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा सभामुख अर्यालले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी क्षेत्रमा दक्षिण कोरियाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)