४० वर्षमाथिका नागरिकको रक्तचाप, मिर्गौला र मधुमेह निःशुल्क परीक्षण कार्यक्रम कागजमै सीमित
nayapatrikadaily.com · Sat Jan 07 00:52:00 GMT 2023
मिर्गौला बिग्रिने र मधुमेहजस्ता दीर्घरोग लाग्नबाट नागरिकलाई जोगाउन वर्षमा एकपटक ४० वर्षमाथिका सबै नागरिकको निःशुल्क रगत र पिसाब परीक्षण गर्ने सरकारको योजना तीन वर्षदेखि अलपत्र छ । ‘आधारभूत स्वास्थ्य परीक्षण’ नाम दिइएको यो योजनालाई सरकारले अर्थिक वर्ष ०७७/७८ देखि नै नीति तथा कार्यक्रममा समेट्दै आए पनि कार्यान्वयन भने गरेको छैन ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यो योजना समेटिएको छ । तर, बजेट अभाव भएको भन्दै ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा साढे दुई लाखका दरले मात्र रकम छुट्याएको छ । तर, यी पालिकामा पनि कार्यक्रम भने सुरु हुन सकेको छैन । नीति तथा कार्यक्रममा ४० वर्षमाथिका सबै नागरिकको ‘आधारभूत स्वास्थ्य परीक्षण’ गर्ने उल्लेख भए पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बजेट नै कम भएको भन्दै वडास्तरीय स्वास्थ्य संस्थासम्म पुग्ने लक्षित व्यक्तिलाई मात्रै सेवा दिने गरी कार्यक्रम लगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)