मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपरिहार्य राष्ट्रिय सभामा दलहरूको सौदाबाजी

ekantipur.com · Fri Jan 26 01:01:44 GMT 2024

काठमाडौँ — संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रूपमा परिकल्पना गरेको छ । तर पछिल्लो समय राष्ट्रिय सभालाई प्रभावकारी बनाउन दलहरूले नै ‘योग्य’ प्रतिनिधित्व गराउन नसकेको भन्दै आलोचना हुन थालेको छ । बिहीबार निर्वाचित राष्ट्रिय सभा सदस्यहरूमा पनि गत आम निर्वाचनमा पराजित, पटकपटक अवसर पाएका र नेतानिकट व्यक्तिहरू नै छन् ।

स्थायी संसद्को रूपमा हेरिएको राष्ट्रिय सभामा दलहरूले त्यसको भावनाविपरीत निकट नेता, कार्यकर्ता र दललाई सहयोग गरेका व्यक्ति र पराजित नेताहरूलाई व्यवस्थापन गर्ने माध्यम बनाएपछि आलोचना हुँदै आएको हो । ‘सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रिय सभा अपरिहार्य छ,’ राष्ट्रिय सभाको मूल भावनामा भनिएको छ । त्यसविपरीत दलहरूले भने बाध्यात्मक अवस्थामा बाहेक पटक–पटक अवसर पाएका दलकै नेताहरूलाई अवसर दिँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)