सप्तरीबाट १३ जना सडकअाश्रित मानवहरुकाे उद्धार
barnanmedia.com · Fri Oct 18 21:39:46 UTC 2024

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राकाे पाँचाै दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाकाे उद्धार भएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा- ७ बाट ४ जना, वडा- ६ बाट ३ जना र वडा- १ बाट १ गरि ८ जना र त्यस्तै सप्तकाेशी नगरपालिका-१ बाट ५ जनाकाे उद्धार गरिएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)