सडक विभागका उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुल निरीक्षण
barnanmedia.com · Fri Oct 18 22:03:15 UTC 2024

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, सडक विभागका महाशाखा प्रमुख ललिजन खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा राजन सुवाल र डा भरत मण्डलसहितको टोली फोक्सिङटार पुग्नुभएको थियो । नदीमा हाल पानीको सतह घटेको र बगाउन बाँकी रहेको २० मिटर भाग सुरक्षित रहेको निष्कर्ष निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)