पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेकियासँग अंक बाँड्दै नकआउटको आश कायमै
ratopati.com · Thu Jun 18 18:07:30 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एटलान्टा स्टेडियममा बिहीबार नेपाली समय अनुसार राति ९ः४५ मा सुरु भएको रोमाञ्चक भिडन्तमा दुवै टोलीले विश्वकपमा आफ्नो पहिलो अंक जोड्न सफल भएका हुन् ।
यसअघि पहिलो खेलमा चेक रिपब्लिक दक्षिण कोरियासँग २–१ गोलअन्तरले पराजित भएको थियो भने दक्षिण अफ्रिका पनि आयोजक मेक्सिकोसँग २–० ले स्तब्ध भएको थियो । अंक विहीन रहेका यी दुवै टोलीका लागि आजको खेल अस्तित्व जोगाउने लडाईं जस्तै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)