‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै
ratopati.com · Mon May 25 22:48:36 GMT 2026

काठमाडौँ ।चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा पर: परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुई दिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिइन् ।
उनले भनिन्, “महोत्सवमा पहिचान, बसाइसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विश्वव्यापी विषयमा दक्षिण एसियाली साहित्य र सांस्कृतिक परम्पराको बढ्दो महत्वलाई झल्काईने छ । महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)