‘धुर्मुस’को पीडा सुनेर भावुक सांसद खत्री भन्छन् : अरूलाई हँसाउने मान्छे रोइरहेको कस्तो नसुहाउने !
nagariknews.nagariknetwork.com · Fri Jul 10 03:53:31 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद राजीव खत्रीले अरूलाई हँसाउने मान्छे (सीताराम कट्टेल ‘धुर्मुस’) यसरी रुनु नसुहाउने बताएका छन्।
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अहिले निकै गम्भीर पीडामा भएको भन्दै न्याय मागेपछि उनले यस्तो बताएका हुन्। सांसद खत्रीले सामाजिक सञ्जालमा रंगशाला बनाउँदा लिएको उधारो सामाग्रीको साढे १८ करोड ऋण छ भने २४ आपूर्तिकर्ताले धुर्मुसविरुद्ध मुद्दा दायर गरेको बताएका छन्। यसका साथै मजदुरलाई ज्याला दिन लिइएको तीन सहकारीको एक करोड ५० लाख ऋण र सहकारी सञ्चालकहरूको निरन्तरको दबाबले उनलाई थप आक्रान्त बनाएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)