मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी छ : मन्त्री भण्डारी

ratopati.com · Mon Aug 12 17:17:00 UTC 2024

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मित्रराष्ट्र चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी भएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाजले आज नेपाल–चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष प्रवेशको अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले नेपालको विकास र समृद्धिका लागि लगानी आवश्यकता भएको र त्यसका लागि चीन सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

“मुलुकमा विकासका लागि लगानीको आवश्यक छ, मित्रराष्ट्र चीनसँग साथ सहयोगका लागि पटकपटक सन्धि सम्झौतामा पनि भएका छन्”, मन्त्री भण्डारीले भने, “चीनका राष्ट्रपतिको पछिल्लो नेपाल भ्रमणका अवसरमा भएका सहमति कार्यान्वयन गर्न जरुरी छ ।” मन्त्री भण्डारीले नेपाल–चीन सम्बन्धका आयाम र महत्व परिवर्तित सन्दर्भमा अझै धेरै बढेर गएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)