मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी

ratopati.com · Thu Jun 18 18:53:12 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत अर्को महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदै छ, जहाँ स्विट्जरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिना आमने–सामने हुँदै छन् । लस एन्जलस स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान १२ः४५ बजे सुरु हुनेछ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा स्विट्जरल्याण्डले कतारसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । अंक तालिकामा स्विट्जरल्याण्डको १ अंक रहेको छ ।

त्यसैगरी, बोस्निया एण्ड हर्जगोभिनाले पनि आफ्नो पहिलो खेलमा क्यानाडासँग १–१ गोलकै बराबरी खेलेको थियो । उसको पनि तालिकामा १ अंक नै रहेको छ । पहिलो खेलमा बराबरीमा रोकिँदै अंक बाँडेका यी दुवै टोली आज मैदान उत्रिँदा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् ।

दुवै टोलीसँग समान १–१ अंक रहेकाले आजको खेललाई नकआउट (अघिल्लो) चरण प्रवेशको निर्णायक खुड्किलोका रूपमा हेरिएको छ । आजको खेलमा जित निकाल्ने टोलीको अघिल्लो चरण पुग्ने सम्भावना निकै बलियो हुनेछ । बराबरी वा हारले भने दुवै टोलीको अर्को चरणको यात्रालाई चुनौतीपूर्ण बनाउन सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय