माधव नेपाललाई एमालेमा रोक्न मात्र १० बुँदे सहमति गरिएको होइन : भीम रावल (फरक मतको पूर्णपाठ)
nepalkhabar.com · Fri Oct 22 16:18:54 GMT 2021
एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति तथा अपानि– १२ को कार्यान्वयनका सम्बन्धमा नेकपा (एमाले) स्थायी कमिटीको बैठकमा राखेको फरकमतको पूर्णपाठः
२०७८ साल असार २७ गते ११ जना स्थायी कमिटीका नेताहरूद्वारा हस्ताक्षरित १० बुँदे सहमतिको कार्यान्वयनका बारेमा अनेकौं पटक विभिन्न किसिमले कुरा भइसकेको छ। यस्ता छलफल र कुराकानी कहिले पार्टीका औपचारिक बैठकमा, कहिले पार्टी अध्यक्षसमेतको सहभागितामा सामूहिक किसिमले, कहिले उहाँको सहभागितामा केही नेताहरू सम्मिलित भएर, कहिले उहाँसँग एकल किसिमले, कहिले कार्यदलमा र कहिले सहजकर्ताहरूका बीच भएका छन्। यति धेरै छलफल र स्थायी कमिटी र केन्द्रीय कमिटीबाट निर्णय भई अन्तरपार्टी निर्देशन– १२ जारी हुँदा पनि कतिपय ठाउँमा पार्टी निर्णय कार्यान्वयन नहुनु बिडम्बना र दुःखको कुरा हो। यस्तो स्थिति तत्काल समाप्त भई अन्तरपार्टी निर्देशन (अपानि) –१२ को कार्यान्वयन हुनुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
