मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’

ratopati.com · Thu Jun 18 19:12:24 GMT 2026

काठमाडौँ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सरकारी सञ्चारमाध्यममार्फत एक सन्देश जारी गर्दै हालैको समझदारी पत्रलाई अगाडि बढाउन अनुमति दिएको घोषणा गरेका छन् । उनले सुरुमा यस विषयमा आफ्नो फरक धारणा र असहमति भए तापनि राष्ट्रपति मसुद पेजेस्कियानको विशेष आश्वासनपछि स्वीकृति प्रदान गरेको बताएका हुन् ।

सर्वोच्च नेता खामेनीका अनुसार उनले सुरुमा उक्त समझदारीप्रति असहमति जनाएका थिए । तर, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखको हैसियतमा राष्ट्रपति पेजेस्कियानले इरानी राष्ट्र र ‘रेजिस्टेन्स फ्रन्ट’ को अधिकारको रक्षा गर्ने सम्बन्धमा दिएको दृढ प्रतिबद्धतापछि उनले आफ्नो निर्णय बदलेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)