मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा बायरन आँधीका कारण दुई लाख भन्दा बढी मानिस प्रभावित : युएनआरडब्लुए

barnanmedia.com · Tue Dec 30 20:15:00 GMT 2025

प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी ९युएनआरडब्लुए० ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ । गत १०–१७ डिसेम्बरको बीचमा आएको आँधीले आवासिय भवनहरु ध्वस्त बनाउनुका साथै शरणार्थी शिविरहरुमा क्षति पुगेको एजेन्सिले जनाएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत युएनआरडब्लुले लामो युद्ध र विस्थापनले गाजाका मानिसहरूलाई भग्नावशेष, अस्थायी आश्रय वा जीर्ण शिविरहरुमा बस्न बाध्य पारेको पुष्टि गरेको छ । आँधीलाई “प्राकृतिक प्रकोपको रूपमा वर्णन गदै यसले व्यापक विनाश र इजरायलीको नरसंहार पछि सुरक्षित आश्रयको अभावले गर्दा तिव्र क्षति भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)