नर्भिकलाई इन्टर हस्पिटल फुटसलको उपाधि
onlinekhabar.com · Sat Dec 21 17:36:03 GMT 2024
६ पुस, काठमाडौं । नर्भिक इन्टरनेश्नल अस्पतालले महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२४’ को उपाधि जितेको छ । शनिबार काठमाडौंमा भएको फाइनलमा ओम समाज डेन्टल हस्पिटललाई हराउँदै नर्भिक च्याम्पियन बनेको हो ।
नर्भिकले एभरेष्ट अस्पताल र ओमले ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई हराएर उपाधि भिडन्त पक्का गरेका थिए । उपाधि सहित नर्भिकले ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता ओमले २० हजार रुपैयाँमा चित्त बुझायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)