मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अबको केही दिन पश्चिम नेपालमा मौसम बदली, त्यसको असर काठमाडौंसम्मै पर्ने

ratopati.com · Sat Dec 21 18:46:00 GMT 2024

काठमाडौं । अब नेपालको पश्चिमी भेगमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबारदेखि पश्चिम नेपालको विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उनले बताएकी छन् । र, यसको असर लुम्बिनी प्रदेशसम्म पर्ने र आंशिक असर काठमाडौँसम्म आइपुग्ने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)