जेनजी आन्दोलनमा सँगै हिँडेका गणेशको बिचल्ली भएपछि रक्षाको आक्रोश : देश बनाउनेले पहिले देश बुझ्नू
nagariknews.nagariknetwork.com · Fri Jul 10 05:30:15 GMT 2026

जलनबाट गम्भीर घाइते भएका मुगुका गणेश नेपाली गत भदौको जेनजी आन्दोलनमा समेत सहभागी भएको खुलेको छ। नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार आन्दोलनका क्रममा उनको हातमा सामान्य चोटसमेत लागेको थियो।
बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘गणेश नेपाली जेनजी आन्दोलनमा सहभागी थिए। आन्दोलनका क्रममा उनको हातमा सामान्य चोट पनि लागेको रहेछ। उनी त्यही आन्दोलनकारी हुन्, जो आफू बाँच्न लायक देश होस् भनेर त्यो दिन सडकमा ओर्लिएका थिए। आज त्यही संघर्षका कारण तिमीहरू सत्ता र शक्तिमा छौ, तर उ तिमीहरूको शासनमा अस्पतालको शय्यामा मृत्यु र जीवनबिच जुधिरहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)