मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक’

barnanmedia.com · Sat Dec 21 22:03:02 GMT 2024

काठमाडौँ, ७ पुस : शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकामा चिकित्सकहरुले जोडदिनुभएको छ । विश्व ध्यान दिवसका अवसरमा कैलाशकुट सामाजिक अभियानले शनिबार काठमाडौँको हाँडीगाउँमा आयोजना गरेको स्वस्थ जीनशैली र तनाव व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि कार्यक्रमका वक्ताहरुले तनाव व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभागका प्रमुख डा सरोजप्रसाद ओझाले स्वस्थ जीवनका लागि योग र ध्यानलाई स्वभावका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । स्वस्थ जीवनशैली भनेको आहार, विश्राम र व्यायाम भएको उल्लेख गर्दै उहाँले शरीरलाई सक्रिय र मनलाई शान्त राख्नुपर्ने बताउनुभयो । डा ओझाले तनावलाई दिमागमा राखिराख्दा दीर्घरोग उब्जने भएकाले तनावको छिटो र सहज व्यवस्थान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)