अव सरकारी कर्मचारीले नेपालमै उत्पादित पोशाक लगाउनु अनिवार्य, उपहार पनि नेपाली नै दिनुपर्ने ब्यवस्था
barnanmedia.com · Sat Dec 21 22:14:18 GMT 2024

अव सरकारी कर्मचारीले नेपालमै उत्पादित पोशाक लगाउनु पर्ने भएको छ ।
सरकारले कर्मचारीले स्वदेशमै उत्पादित पोशाक लगाउनु पर्ने व्यवस्थासहितको प्रावधान समेटेर ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’ ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको निर्देशिकामा सार्वजनिक निकायमा कार्यरत कर्मचारी र पदाधिकारीले स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने ब्यवस्था राखिएको छ । मन्त्रालयले तयार पारेको निर्देशिकाको बुँदा नम्बर ५ मा ‘स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने’ सम्बन्धी व्यवस्था गरिएको छ । ‘सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोशाक प्रयोग गर्नु पर्नेछ,’ दफा नम्बर ५ को उपदफा १ मा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)