मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बालबालिकामा डिप्रेसन बढाएको भन्दै अमेरिकामा सामाजिक सञ्जाल विरुद्ध कानुनी लहर, मेटाले गर्‍यो सम्झौता

techpana.com · Tue May 26 00:30:33 GMT 2026

काठमाडाैँ । मेटा प्लेटफर्म्सले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पुर्‍याएको आरोपसम्बन्धी एक महत्वपूर्ण मुद्दामा सम्झौता गरेको छ । अमेरिकाको केन्टकी राज्यको एक स्कुल डिस्ट्रिक्ट (सार्वजनिक विद्यालयहरू सञ्चालन गर्ने निकाय) ले दायर गरेको उक्त मुद्दामा मेटाले सम्झौता गरेको हाे ।

समाचार एजेन्सी एपी का अनुसार यो मुद्दामा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लत लगाउने (Addictive) किसिमले डिजाइन गरिएको र त्यसले विद्यार्थीहरूमा चिन्ता, डिप्रेसन र आत्महानि जस्ता मानसिक समस्या देखिएको आरोप लगाइएकाे थियो । यद्यपि अमेरिकाको क्यालिफोर्नियास्थित सङ्घीय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा करिब तीन हप्ता अघि नै मेटा र स्कुल डिस्ट्रिक्टबीच सम्झौता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)