श्रीलंकाद्वारा शृंखला बराबर
ekantipur.com · Fri Jul 29 00:51:50 GMT 2022
गेल — स्पिनर प्रवाथ जयसूर्याले अर्को एकपल्ट एकै इनिङ्समा ५ विकेट लिएपछि श्रीलंकाले बिहीबार दोस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानलाई २ सय ४६ रनले पराजित गरेको छ । यससँगै शृंखला १–१ को बराबरीमा टुंगिएको छ ।
५ सय ८ रनको विशाल लक्ष्य पाएको पाकिस्तान पाँचौं तथा अन्तिम दिनको दोस्रो सत्रमा २ सय ६१ रनमा अलआउट भयो । पाकिस्तानी कप्तान बाबर आजमले गेलमा ८१ रन बनाए पनि त्यसले हार टार्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)