मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रकृति संरक्षण कोषको बेथिति छानबिन सुरु

annapurnapost.com · Tue May 26 00:30:31 GMT 2026

काठमाडौं : नयाँ अध्यादेशसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषको नेतृत्वमा फेरबदल भएको छ। अध्यादेश जारी भएसँगै कोषका तत्कालीन अध्यक्ष आदर्शकुमार श्रेष्ठ र सदस्यसचिव नरेश सुवेदी पदमुक्त भएका छन्। बेथितिको घानमा परेको कोषमा तत्कालीन संरक्षक एवं पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको साँचो सुम्पिएर गएकी थिइन्।

असहज परिस्थितिमा निर्वाचन गराएर वाहीवाही कमाएकी तत्कालीन प्रधानमन्त्री कार्की जाँदाजाँदै विवादमा समेत तानिएकी थिइन्। श्रेष्ठ सम्बन्धित क्षेत्रका विषयविज्ञ होइनन्। सर्वोच्च अदालतमा सहायक स्तरको कर्मचारी रहेका उनी प्रधानन्यायाधीश रहँदा सुशीला कार्कीको विश्वासपात्र मानिन्थे। कार्की निकट भएकै कारण उनलाई प्रमुख स्वकीय सचिव नियुक्त गरिएको थियो। कोषको अध्यक्ष पद आफैंमा मन्त्रीको हैसियतको पद रहेको र यसका लागि यो क्षेत्रको आधारभूत ज्ञान हुनुपर्नेमा श्रेष्ठमा त्यो पनि नरहेको कारणसमेत बढी विवादित बनेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)