कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटका
rajdhanidaily.com · Mon Jan 12 23:23:34 GMT 2026

काठमाडौं । ने पाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको नेतृत्व कायम गर्दै अघि बढ्ने मध्यविन्दूतर्फ अघि बढेको छ । विशेष महाधिवेशनको दोस्रो दिन सोमबार समूहगत छलफलमा उठेका विषय र त्यसलाई व्यवस्थापन गर्दै अनुपस्थित संस्थापन समूहलाई पनि समेट्न मध्यमार्गी उपाय खोजी अघि बढाइएको हो ।
निर्वाचन पूर्वसन्ध्यामा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल विभाजन सँघारमा पुगेको भन्दै विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर नेता मध्यमार्गी मिलनविन्दू खोजीमा लागेका हुन् । पार्टी विभाजन भएर ‘प्रजा परिषद्’जस्तो नबनोस् भन्ने’bout नेताहरूले ‘मिलन बिन्दु’को खोजीमा जुटेको भन्दै सोमबार साँझ कांग्रेसका अग्रज नेता डा.शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायत सक्रिय भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)