मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एक महिनापछि सर्यो गोल्डेन नेपाली फिल्म अवार्ड-२०२४

kalakarmi.com · Sat Oct 19 19:51:12 UTC 2024

काठमाडौं- प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । यसअघि नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपति निर्वाचनका कारण एक महिना पछि सारिएको अवार्डका नेपाल संयोजक सुनील कटुवालद्वारा शनिबार जारी विज्ञप्तीमा उल्लेख छ ।

‘अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ध्यानमा राख्दै सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको’ विज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरुको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरि अवार्ड कार्यक्रम पूर्वनिर्धारित भन्दा करिब एक महिनापछि सारिएको जनाईको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)