मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्लोबल आईएमई बैंकको सञ्चालकमा भागिरथी र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

barnanmedia.com · Thu Jul 25 22:03:56 UTC 2024

ग्लोबल आईएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)