स्विडेन र नेदरल्यान्ड्स क्वाटरफाइनलमा
ekantipur.com · Mon Jul 18 00:42:02 GMT 2022
लन्डन — स्विडेनले क्वाटरफाइनल यात्रा तय गर्ने क्रममा आइतबार युरो २०२२ मा पोर्चुगललाई ५-० ले पराजित गरेको छ । पहिलो हाफमै तीन गोल गरेपछि स्विडेनले पोर्चुगललाई सजिलै पराजित गर्न सफल भएको हो । योसँगै स्विडेन सात अंकमा समूह ‘सी’ विजेता पनि बनेको छ ।
समूहकै अर्को खेलमा नेदरल्यान्ड्सले स्विट्जरल्यान्डलाई ४–१ ले पराजित गर्यो । यो जितपछि नेदरल्यान्ड्स सात अंकमै दोस्रो स्थानमा रह्यो र क्वाटरफाइनल पुग्यो । स्विट्जरल्यान्ड र पोर्चुगल दुवै एक एक अंकमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)